गोकर्णेश्वरमा कान्तिभैरव जात्रा
काठमाडौं । गोकर्णेश्वरमा जारी कान्तिभैरव जात्राअन्तर्गत सिन्दुर जात्रा मनाइएको छ ।
वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्न भगवान् भैरव आमाको घर आउने यो जात्रा राजा मानदेवको पालादेखि मनाउन थालिएको विश्वास गरिन्छ ।
औँसीको बिहान सबेरै भैरवको खटलाई बोकेर आमाको मन्दिर अर्थात् कान्तिभैरवीमा ल्याएसँगै शुरु हुने यो जात्रा तृतीयाका दिन सकिन्छ ।

.gif)