sevenstartv.com ६ पुष २०८२, आइतवार

आज विश्व औ‌‌लो दिवस

१२ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  आज विश्व मलेरिया (औलो) दिवस 'शून्य मलेरिया प्रदान गर्ने समयः लगानी, आविष्कार, कार्यान्वयन' भन्ने नाराका साथ विश्वभरि मनाइँदै छ । 

यो अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।

संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन् । 

अन्तरराष्ट्रिय प्रतिनिधि दिवस पनि शुक्रबार नै मनाइन्छ । दोस्रो विश्वयुद्धपछि  आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरूप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ । 

यसलाई अन्तर्राष्ट्रिय संगठनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन पनि भनिन्छ। 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्