sevenstartv.com ६ पुष २०८२, आइतवार

महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर

१२ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पमा निजी आवास, सरकारी कार्यालय, विद्यालय भवनका साथै थुप्रै पुरातात्त्विक सम्पदा क्षतिग्रस्त हुन पुगे ।

सो महाभूकम्पमा परी काठमाडौंको वसन्तपुर र हनुमानढोका दरबार क्षेत्र पनि भत्किए । भूकम्पले हनुमानढोका संरक्षित क्षेत्रमा रहेका ७३ सम्पदा, एउटा मूल चोक र चार वटा चोक गरी ९५ वटा सानाठूला सम्पदामा क्षति पुगेको थियो ।

भूकम्पको १० वर्षमा काष्ठमण्डप, गद्दी बैठक, नौतले दरबार, विष्णु मन्दिर, त्रैलोक्य मन्दिर आदिको पुनर्निर्माण सकिएको छ। वसन्तपुर क्षेत्रको पुनर्निर्माणका लागि धेरै संघसंस्थाले सहयोग गरेका छन् ।

पुरातत्त्व विभाग, काठमाडौँ महानगरपालिका, प्रदेश सरकार, विदेशी दातृ निकाय, गुठी र उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्