बसको ठक्करबाट १ जनाको मृत्यु, १ घाइते
काठमाडौं । मोरङको कानेपोखरी गाँउपालिका- ७ स्थित पूर्व पश्चिम लोकमार्गमा बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।
बुधबार काँकरडभिट्टाबाट विराटनगर तर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आँउदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक सुनसरीको इटहरी उप-महानगरपालिका-४ का ३५ वर्षीय हरी शर्मा, मोटरसाइकलमा सवार निजकै दिदी उदयपुरको बेलका नगरपालिका–४ कि ५५ वर्षीया कुमारी आचार्य घाइते भएका थिए ।
घाइते आचार्यको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा मृत्यु भएको छ । चालक शर्माको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालक झापा कन्काई-४ का ५१ वर्षीय सोमनलाल चौधरीलाई जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

.gif)