sevenstartv.com ६ पुष २०८२, आइतवार

'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'द्वारा तिवारी आमा सम्मानित

११ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । 'दमन्ता खनाल स्मृति स्रष्टा सम्मान'द्वारा पाल्पाकी लोकगायिका लक्ष्मी तिवारी (तिवारी आमा) सम्मानित भएकी छन् । 

नेपाल स्रष्टा समाजद्वारा राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार भागिरथी श्रेष्ठ, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, संरक्षक पवन आलोकलगायतले उक्त सम्मान तिवारी आमालाई समर्पण गरे । 

सम्मानका साथ नगद राशि २० हजार एक रुपैयाँ पनि प्रदान गरिएको हो । समाजकी संस्थापक पुष्पा खनालले आमाको नाममा सम्मानको स्थापना गरेर आफ्नी आमाकै सम्मान गरेको उल्लेख गर्दै हरेक छोराछोरीले आमाबाबुको यसैगरी सम्मान गर्नुपर्ने बताइन् ।

साहित्यकार पवन आलोकले सम्मानका संस्थापक पुष्पा खनालको प्रशंसा गर्दै ०७५ सालदेखि यो सम्मान प्रदान गरिँदै आइएको बताएका छन् । सम्मानित व्यक्तित्व लक्ष्मी तिवारीले पाल्पाका केही लोकभाका र श्लोकहरू सुनाइन् ।

डा. शान्तिमाया गिरीले सम्मानित स्रष्टाको परिचय दिँदै ओझेलमा परेका नारी स्रष्टाको खोजी गरेर तिनलाई यो सम्मान प्रदान गरिँदै आइएको बताइन् । उक्त कार्यक्रममा गीतकार पुष्पा खनालद्वारा लिखित दुई गीतको म्युजिक भिडियोसमेत रिलिज गरिएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्