अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव – निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
काठमाडौं । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्नेगरी बजेट ल्याउन सुझाव दिनुभएको छ । बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले जुनसुकै क्षेत्रका निर्माण सम्पन्न नभएका परियोजनाहरू भएपनि त्यसलाई सम्पन्न गर्न सरकारको विशेष ध्यानाकर्षण गराउनु भयो । उहाँले ५० करोड बराबरका परियोजनाहरू डिपीआर तयार भएर टेण्डर आह्वान हुँदा पनि एक करोडको बजेट मागेको बताउनु भयो ।
उहाँले यस्तो प्रवृत्ति नरोकिए निर्माण रोकिएका परियोजना सम्पन्न हुने टाढाको कुरा रहेको बताउँदै छुटाइएको बजेट पनि सदुपयोग नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “अर्थमन्त्रीज्यूलाई म भएका प्रोजेक्टहरूलाई कम्प्लिट बाटोमा जानुस् भन्छु । जतिसुकै अन–पपुलर हुनु परेता पनि कसैको पनि क्षेत्रमा एउटा सिद्धान्तमा आधारित इन कम्प्लिट प्रोजेक्टहरूलाई कम्प्लिट गर्ने मात्रै प्राथमिकतामा राख्नुस् । ५० करोडका प्रोजेक्टहरू छन्, जसको डिपीआर बनेको छ, टेन्डर भएको छ, एक करोड बजेट माग्या छ । यस्ता म ५० औँ वटा उदाहरण देखाइदिन सक्छु । यस्तो प्रवृत्ति रोकिनुप¥यो । त्यो एक करोडको पनि सदुपयोग हुँदैन, त्यो प्रोजेक्ट कम्प्लिट हुने त कुरै भएन ।
उहाँले वर्तमान परिस्थिति र राजश्व उठ्ने परिस्थिति र खर्च गर्ने क्षमतालाई नहेरी नयाँ परियोजनाहरू नराख्न अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।

.gif)