sevenstartv.com ६ पुष २०८२, आइतवार

कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्छः सांसद थानी

१० वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सांसद हृदयराम थानीले कर्मचारीको राजनीतिक सम्बन्ध तोड्न पनि कम्तिमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्नैपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले यस्तो बताउनुभएको हो । उहाँले अवकाशलगत्तै कर्मचारीहरू संवैधानिक र राजनीतिक नियुक्ति लिएर स्वार्थको खेल खेल्ने प्रवृत्ति कर्मचारीहरुमा हावी भएको भन्दै यसलाई रोक्न पनि कम्तिका दुई वर्ष कुलिङ पिरियड राख्नैपर्ने जिकिर गर्नुभयो ।

उहाँले कुलिङ पिरियड नराख्दा समय समयमा सरकार परिवर्तन हुँदा त्यसको प्रभाव स्थायी सरकारमा समेत पर्ने गरेको बताउनु भयो । उहाँले टे«ड युनियनहरुले विधेयकको लागि ७२ घण्टे अल्टिमेटम दिएको उल्लेख गर्दै नासुको विषयमा समेत सहमति गर्नुपर्ने बताउनु भयो । मंगलवारको बैठकमा दलगत टे«ड युनियनका प्रतिनिधिहरुले पाँच वर्ष काम गरेका नायव सुब्बालाई एक तह र १० वर्ष काम गरेकाहरुलाई एक श्रेणी बढुवा गर्ने व्यवस्था गर्न माग गर्नुभएको थियो ।

सांसद थानीले भन्नुभयो, ‘नासुका आँसुमा भन्ने कुरामा टे«ड युनियनहरुले भन्नुभएको छ । भोलि स्थायी सरकार सडकमा नउत्रियोस् । कुलिङ पिरियडको सम्बन्धमा एक वर्ष राख्नु हुँदैन । जसरी हामी एकोहोरो तरिकाले सरकार सरकारले चलाइराखेका छौं । त्यसकारण यसको अवधि दुई वर्ष हुनुपर्छ । नियुक्ति गर्ने कुरामा हामीले कुलिङ पिरियड राख्नैपर्छ । कर्मचारीलाई कुन दलको र कुन नेताको भन्ने कुरा अन्त्य गर्नपजि कुलिङ पिरियड अनिवार्य छ । कानून र कुटनीति सेवामा पनि दुई वर्ष राख्नुपर्छ ।’

उहाँले सरकारको दबाबमा परेर नभई सर्वसहमतिबाट विधेयक पास गर्नुपर्ने बताउनु भयो । उहाँले स्थायी सरकार मानिने कर्मचारीहरुलाई सडकमा नआउने गरी ऐन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्