sevenstartv.com ६ पुष २०८२, आइतवार

प्रधानमन्त्री बन्नेहरुलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छः वामदेव गौतम

९ वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनावद्ध ढंगले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गर्नुभयो । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभुत आवश्यकताका समस्याहरु समाधान गर्न सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले छलफलमा प्रधानमन्त्री बन्नेहरुलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनुप¥यो । त्यसपछि बसेर योजना बनाउनुप¥यो । पिउने पानीदेखि विद्यालयसम्म जतिपनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुदैन । यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरुलाई ल्याएर यदी मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनुप¥यो ।

यदि समस्याको समाधान गर्न सकेनन् भने यीनिहरु मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरि गर्ने हो यीनिहरुले गर्न सकेनन् भनेर आम जनतालाई भन्नुपर्छ । अब आधारभुत रुपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न । व्यक्तिगत जमिन राख्ने व्यवस्था सदाका लागि अन्त्य गर्नुपर्ने गौतमको जिकिर छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्