कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला
काठमाडौं । कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ ।
बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको हो ।
प्रहरीका अनुसरा सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको जनाएको छ ।
शवको सनाखत भने हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

.gif)