आजदेखि जुम्लामा हिमाली संवाद हुने
काठमाडौं । आजदेखि जुम्लाको सदरमुकाम खलङ्गा बजारमा हिमाली संवाद शुरु हुने भएको छ । संवादले यकीन गरेका हिमाली क्षेत्रका समस्यालाई स्थानीय, प्रादेशिक, सङ्घीय र अन्तरराष्ट्रियस्तरमा उठान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।
कर्णाली एकीकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालका कार्यकारी निर्देशकसमेत रहेका शाहीले कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लामध्ये आठ जिल्लाका युवा सहभागी हुने छन् ।
कार्यक्रममा वातावरण विज्ञ, नीतिनिर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता रहने कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले जनाएको छ ।
संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसङ्घीय निकाय, सरकारीतर्फका सहभागी, स्थानीय सरकारका प्रतिनिधि र नीतिनिर्माता, प्रदेश र सङ्घीय सरकारबाट प्रतिनिधित्व गरी करिब १५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

.gif)