sevenstartv.com ६ पुष २०८२, आइतवार

शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन हुन्ः परराष्ट्रमन्त्री राणा

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इन्जिन भएको बताउनुभएको छ । सोमवारदेखि बैंककमा शुरु भएको संयुक्त राष्ट्रसङ्घीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको सम्बोधनमा उहाँले यस्तो बताउनुभएको हो ।

एशिया तथा प्रशान्त क्षेत्रले अव्यवस्थति शहरीकरणको ठूलो समस्या भोगिरहेको बताउनु भयो । उहाँले योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको उल्लेख गर्दै राम्रोसँग योजनावद्ध शहरी विकास गर्नपर्नेमा जोड दिनुभयो ।

उहाँले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताउनु भयो । मन्त्री डा.राणाले एशिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएको बताउनु भयो । 

परराष्ट्रमन्त्री राणाले वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको बताउनु भयो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्