सप्तकोशीमा नुहाउने क्रममा दुइ जना बेपत्ता
काठमाडौं । सप्तकोशीमा नुहाउने क्रममा दुइ जना बेपत्ता भएका छन् ।
सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नुहाउने क्रममा बेपत्ता भएका हुन ।
सोमबार ८:३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

.gif)