खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी मृत फेला
काठमाडौं । खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन् । रावाबेसी गाउँपालिका-१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँकै बारीमा मृत भेटिएका हुन् ।
गोरेटो बाटोबाट करिब ८(९ मिटर तल बारीको भित्तामा अनुहार र घुँडाले जनिनमा टेकेकोअवस्थामा मृत भेटिएको हो । दाइको घरबाट आइतबार बेलुकी करिब साढे ८ बजे चिया खाएर हिँडेका उनी सोमबार बिहान मृत भेटिएका हुन् ।
प्रहरीका अनुसार गोरेटो बाटोबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान छ।

.gif)