sevenstartv.com ६ पुष २०८२, आइतवार

आजदेखि काठमाडौं महानगरले खाद्य गुणस्तर परीक्षण गर्ने

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाले महानगरभित्र खाद्य गुणस्तरको परीक्षण, अनुगमन तथा निरीक्षण गर्ने भएको छ ।

महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त आयोजनामा खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने उद्देश्यले घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन तथा निरीक्षण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

महानगर र विभागको टोली बिहान साढे १० बजे अनुगमन र निरीक्षणमा निस्कने छ । सो क्रममा खाद्य नमूना सङ्कलन, अनुगमन र निरीक्षण कार्य हुने महानगरले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्