sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

ताप्लेजुङ घटना : घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइँदै छ । 

ललितपुर महानगरपालिका १० की ४५ वर्षीया सबिना आचार्य र उनका १० वर्षीय छोरा भबिमय आचार्यलाई उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याउन लागिएको हो । 

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा आज बिहान फुङलिङ नगरपालिका–१० को सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

सो घटनामा चार जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्