sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई घाइते

८ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

गम्भीर घाइते दुबै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । प्रहरीका अनुसार मृतक र घाइतेको परिचय खुलिसकेको छैन ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्