sevenstartv.com ३० वैशाख २०८२, मङ्गलवार

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

५ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि बिहीबार राती गोली प्रहार भएको छ ।

राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । अध्यक्षलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको प्रहरीको भनाई छ । 

राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी दिएको स्पष्ट पार्दै घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्