sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते

५ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा माइक्रो बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् ।

मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बरको इभीको माइक्रो बस दुर्घटना हुँदा  सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर-५ बस्ने ५० वर्षीय निलमदेवी राउतको मृत्यु भएको हो ।  ।

मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।  चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

गाडी  सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्