sevenstartv.com ३० वैशाख २०८२, मङ्गलवार

डोटीमा शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

५ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । डोटीमा शिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका-२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो । 

प्रहरीका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका-१ बेडुपाटा खोलाकिनारमा शिकार खेल्न गएका बडीकेदार गाउँपालिका-१ रजेडका कमलसिंह  खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको हो ।

प्रहरीले  बन्दुक बोक्ने खड्का, रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका-२ तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्