अनुमति नलिई पानी जहाज सञ्चालन गर्न नपाइने प्रस्ताव
आर्थिक, प्राविधिक पक्ष र सार्वजनिक हित अनुकुल भए मात्र अनुमति दिइने
काठमाडौं । नेपाल पानी जहाज कार्यालयबाट उद्योग सञ्चालन अनुमति नलिई व्यवसायिक रुपमा पानी जहाज सञ्चालन गर्न नपाइने प्रश्ताव गरिएको छ ।
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमाथिको दफावार छलफलमा यस्तो प्रस्ताव गरिएको हो ।
समिति उपसचिव नुमराज खनालले कुनैपनि व्यक्ति वा संस्थाले पानी जहाज सेवा सञ्चालन गर्नको लागि कार्यालयमा निवेदन दिएर स्वीकृति लिनुपर्ने प्रस्ताव पेश भएको जानकारी दिए ।
उद्योगको आर्थिक तथा प्राविधिक पक्ष, व्यवस्थापकीय क्षमता र सार्वजनिक हितलाई समेत ध्यानमा राखि तोकिएबमोजिम मूल्यांकन गर्दा आवश्यक शर्त पूरा गरेको पाइए कार्यालयले पानी जहाज उद्योग सञ्चालन गर्न अनुमति दिनसक्ने उपसचिव खनालले बताएका छन् ।

.gif)