दुई दर्जन भन्दा बढी खाद्य पदार्थ परीक्षण गर्दै ‘घुम्ती प्रयोगशाला’
प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादी अवशेष परिणाम परीक्षण गरिने
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २४ भन्दा धेरै प्रकारका खाद्य पदार्थ परीक्षण गर्न थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन गर्न थालेको हो ।
यसको पहिलो प्रयोग स्त्री तथा प्रसुति रोग अस्पताल र नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनबाट भएको छ । त्यसपछि महानगर र विभागको संयुक्त अनगुमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमुनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गर्ने छ ।
प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादी अवशेष परिणाम परीक्षण गर्ने उपकरण ९आरबीपीआर० छ, जसले दूधमा भएको चिल्लो पदार्थ मापन गर्न गर्वर सेन्ट्रिफ्युज, दूधमा भएको सोडा, चिनी, नुन, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एडल्ट्रेसन किट, दूधको सोलिड नट फ्याट ९एसएनएफ० परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुअल क्लोरिन परीक्षण गर्ने वाटर एडल्ट्रेसन किट, पानीको पीएच परीक्षण गर्न पीएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।
खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौं महानगरपालिका र गुण नियन्त्रण विभागबीच सम्झौता गरेर यो प्रयोगशालाको भ्यान अनुगमनमा प्रयोग गर्न थालिएको हो । अनुगमन निरीक्षणमा प्रयोगशाला सहित खाद्य प्राविधिक, माइक्रोबायोलोजिस्ट तथा विज्ञसहित संयुक्त टोली हुनेछ । महानगरका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार यसअघि पनि संकलन भएका खाद्य पदार्थको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ । त्यसको नतिजा आउन बाँकी छ ।

.gif)