sevenstartv.com १८ असार २०८३, बिहिवार

धरानको चार कोशे जङ्गलमा एक युवतीको शव फेला

२६ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । धरानको चार कोशे जङ्गलमा एक युवतीको शव फेला परेको छ  । पहिचान नखुलेकी युवतीको बेवारिसले शव भेटिएपछि शव पहिचान गर्न सहयोग गरिदिन ईलाका प्रहरी कार्यालय धरानले सार्वजनिक अपिल गरेको छ ।

सुनसरी धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा तत्काल नामथर, वतन नखुलेको वेवारिसे महिलाको शव फेला परेको हो ।  शव फेला परेकी युवती अन्दाजी ३० वर्षकी मंगोलियन अनुहारकी छन् ।  

उनको नाकमा नत्था, कानमा टप लगाएकी, माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी, हातमा द्ययबिलय घडी र सेतो ब्रासलेट लगाएकी छन्। सेतो खैरो कलरको जुत्ता लगाएकी छन् । ती युवतीको कसैले जङ्गलमा ल्याएर हत्या गरेको हुन सक्ने जनाइएको छ । 

यो पनि पढ्नुहोस्