sevenstartv.com ६ पुष २०८२, आइतवार

तीनकुनेको घटनामा संलग्न आरोपमा एनी कुँवर पक्राउ

२५ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा संलग्न आरोपमा एनी कुँवर पक्राउ परेकी छन् ।  

कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ । कुँवर अभिनेत्री समेत हुन् । 

घरमा आगजनी भएपछि उनले फेसबुक लाइभ गरेर ‘बचाउन आउनुहोला’ भनेर आग्रह गरेकी थिइन् । प्रदर्शन स्थलमा गएर अवाञ्छित गतिविधि गरेको आरोपमा उनलाई पक्राउ गरिएको जनाइएको छ । 

अनुसन्धानको लागि उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।  कुँवरले एक दशकअघि फिल्म ब्रह्माबाट रजतपट यात्रा सुरु गरेकी थिइन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्