प्रधानमन्त्री ओलीले दिए वरिष्ठ पत्रकार रिसाललाई श्रद्धाञ्जली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत वरिष्ठ पत्रकार भैरव रिसाललाई श्रद्धाञ्जली अर्पण गरेका छन् । रिसालको आइतबार ९७ वर्षको उमेरमा निधन भएको थियो ।
ओलीले फेसबुकमा लेखेका छन्, ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो । उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु । वरिष्ठ पत्रकार दिवंगत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।'

.gif)