अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
काठमाडौं । अर्घाखाँचीको मालारानीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मालारानी गाउँपालिकाल-३ लुटिपोखरी-खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जीप अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा मालारानी-४ का जीपचालक २२ वर्षीय दिलीप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको प्रहरीले बताएको छ । दुर्घटनामा मालारानी-४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ । जीप सडकबाट झन्डै दुईसय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको छ ।

.gif)