sevenstartv.com ६ पुष २०८२, आइतवार

नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड वोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी

२२ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र थाइ चेम्बर अफ कमर्स एण्ड वोर्ड अफ ट्रेडबीच संयुक्त वाणिज्य परिषद् गठन गर्ने समझदारी भएको छ ।

थाइल्याण्डको राजधानी बैंकक भ्रमणमा रहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडले आफ्नै कार्यालयमा द्विपक्षीय वार्ता गर्दै संयुक्त वाणिज्य परिषद् गठन समझदारी गरेको हो ।

दुवै देशमा लगानी प्रवद्र्धन र लगानी आदान प्रदान गर्न संयुक्त वाणिज्य परिषद्ले सहजिकरण गर्ने बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै बैंककमा रहेका चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण बन्दै गएको अवस्थामा लगानीको लागि सम्भावित क्षेत्र पहिचान गर्न वाणिज्य परिषद्ले सघाउने बताए । 

 उनले नेपालमा पर्यटन, सेवा, खाद्यवस्तु प्रशोधन, प्याकेजिङ, निर्माण सामग्री उत्पादनमा थाइ व्यवसायीले इच्छा देखाएको बताए । वार्तामा उद्योगी नेपालीहरुलाई अनअराइभल भिसा उपलब्ध गराउन थाइ चेम्बर अफ कमर्सलाई आग्रह गरेको पनि अध्यक्ष ढकालले बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्