भारतको दिल्लीपछि काठमाडौंको वायु विश्वकै प्रदूषित
काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण उच्च रहेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा देखिन्छ ।
अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २५० रहेको छ । जसलाई खतरनाक अवस्था मानिन्छ । बुधबार नेपालको एक्यूआई ३७५ देखाएको थियो ।
विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको भारतको दिल्लीको एक्यूआई ३०९ रहेको छ । शुक्रबारदेखि वायुको वेग अधिक भएकाले बिहीबारको तुलनामा काठमाडौंमा सुधार देखिएको छ । हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको मौसमविद्को भनाइ छ ।
यता, वातावरण विभागको तथ्यांक अनुसार भक्तपुरको वायु प्रदूषण चार सय भन्दा माथि पुगेको छ। वातावरण विभागको तथ्यांक अनुसार अहिले बिहान ९ः ३० बजे भक्तपुरको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० ४२४ पुगेको हो । काठमाडौंको एक्यूआई भने ३४४ देखिएको छ। यो संख्या केही समयमै तलमाथि भइरहेको हुन्छ। अहिले धनगढीमा भने ५०९ एक्यूआई मापन गरिएको विभागले जनाएको छ ।
उपत्यकासहित मकवानपुरको हेटौंडा, बाराको सिमरा, पोखरा, दाङ, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर, धनगढी, धनकुटा, झापाको दमक, विराटनगर लगायतका ठाउँमा प्रदूषणको मात्रा स्वास्थ्यको लागि हानिकारक अवस्थामा पुगेको छ। पानी नपरेसम्म प्रदूषण नघट्ने मौसमविद्को भनाइ छ।

.gif)