sevenstartv.com ६ पुष २०८२, आइतवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन

२१ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइकर्मी कर्मचारीहरू तलब नपाएको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।

सरसफाइकर्मी कर्मचारीहरू आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको ९डोमेष्टिक० आन्तरिकतर्फ सरसफाइ नहुँदा फोहरको थुप्रो जम्मा भएको छ । 

तलब माग गर्दै विगत दश दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाइकर्मी कर्मचारीहरूले आन्तरिकतर्फको कुनै पनि फोहर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

सरसफाइकर्मी कर्मचारीले फोहर नउठाउँदा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको क्षेत्रमा निकै दुर्गन्धित फैलिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्