sevenstartv.com ६ पुष २०८२, आइतवार

सांसद् बोहराको निधन

१९ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सांसद् दीपक बोहराको निधन भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी रुपन्देही क्षेत्र नम्बर(३ बाट निर्वाचित सांसद् हुन् ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर ९जेठ २०७७० मा संक्रमित भएका थिए । संक्रमणको चाररपाँच महिनापछि बोहराको स्वरमा केही परिवर्तन देखिएको थियो । 

पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए । समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए ।

पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सर भएको थियो । बोहरालाई घाटीको समस्या थियो । उनी चुनावको बेलामा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी निर्वाचित भएका थिए । संसदमा पनि उनले बोलेनन् । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गरेका थिए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्