sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१९ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व–पश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका-६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को २५ प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट परी गम्भीर घाइते भएका चालक सुनसरीको हरिनगर गाउँपालिका-३ का ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको हो । मोटरसाइकलमा सवार सुनसरी देवानगंज गाउँपालिका-२ का ५७ वर्षीय गुगली मेहता घाइते छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्