sevenstartv.com ६ पुष २०८२, आइतवार

कमल कोइरालाको पार्थिव शरीर एसको कार्यालयमा

१८ चैत २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । वामपन्थी नेता एवं लेखक कमल कोइरालाको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टी कार्यालयमा राखिएको छ । आइतबार निधन भएका कोइरालाको पार्थिव शरीर आज बिहान आलोकनगरस्थित पार्टी कार्यालयमा राखिएको हो ।

किशोरावस्थादेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए । कोइराला पछिल्लो समय एकीकृत समाजवादीमा आवद्ध थिए ।

केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका उनको आइतबार निधन भएको हो । श्रद्धाञ्जली पछि आजै अन्त्येष्टि गरिने छ । उनलाई  श्रद्धाञ्जली दिन प्रधानमन्त्री ओली पनि जाँदैछन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्