चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
काठमाडौं । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
खप्तड छेडेदह गाउँपालिका-३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो । प्रहरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको हो । मृतकको शव जिल्ला अस्पताल बाजुरा ल्याइएको प्रहरीले जनाएको छ ।

.gif)