इस्लाम धर्मावलम्बीले आज इद उल फित्र मनाउँदै
काठमाडौं । इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै छन् ।
एक महिना लामो रमादान पर्व ९रोजा० पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो । इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ ।
खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ ।
सरकारले इदका अवसरमा सोमबार सार्वजनिक बिदा दिएको छ ।

.gif)