राजावादीको प्रर्दशन : जलेर पत्रकारको मृत्यु
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित राजावादीले आगजनी गरेको एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको छ । राजावादीहरूले उग्र प्रदर्शनका क्रममा प्रहरी बसेको आरोपसहित आगो लगाएको उक्त भवनमा जिउँदै जलेर एकजना व्यक्तिको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा उनी एभिन्यूज टेलिभिजनमा कार्यरत सुरेश रजक रहेको खुलेको छ । उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । तर प्रहरीले औपचारिक रुपमा उनको विस्तृत विवरण खुलाउन मानेको छैन ।
उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।अहिले त्यहाँ प्रहरी पसेर घटनास्थल जाँच प्रकृति मुचुल्का उठाइरहेको छ । प्रहरीसँगको झडपपछि तीनकुने क्षेत्रमा अवस्थित उक्त मार्बल हाउसमा आगजानी गरिएको थियो ।

.gif)