sevenstartv.com ६ पुष २०८२, आइतवार

३९.१३ अंकले बढ्याे नेप्से

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३९ दशमलव १३ अंकले बढेको छ ।  नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । आज चार अर्ब २० करोड रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । 

हिजो मंगलबार पाँच अर्ब १८ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार आज कारोबारमा आएका १३ वटै समूहगत परिसूचक वृद्धि भएको छ । 

‘अन्य’ समूहको परिसूचक सर्वाधिक बढेको छ । यो समूहको परिसूचक २ दशमलव ०९ प्रतिशतले वृद्धि भएको छ । आज नेप्से परिसूचक १ दशमलव ५१ प्रतिशतले बढेर २६ सय २१ दशमलव ८६ विन्दुमा बन्द भएको छ । २३१ कम्पनीको सेयर मूल्य बढेको छ । १२ कम्पनीको सेयर मूल्य घटेको छ । 

आज हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनी सेयर मूल्य ५३ रुपैयाँ ५६ पैसा बढेर एक हजार २५२ रुपैयाँ ७१ पैसा कायम भएको छ । राप्ति हाइड्रो एण्ड जेनेरल कन्ट्रक्सनको सेयर मूल्य २८ रुपैयाँ ७३ पैसा बढेर ५२९ रुपैयाँ कायम भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव ०९ प्रतिशतले घटेर तीन हजार ४३१ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्