sevenstartv.com ६ पुष २०८२, आइतवार

एभरेष्ट बैंकद्वारा ग्लोबल मनी विक-२०२५ सम्पन्न

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा बिगत वर्षहरूजस्तै यसवर्ष पनि एभरेष्ट बैंकले चैत ४ देखि सप्ताहव्यापी अभियान अन्तर्गत 'ग्लोबल मनी विक २०२५' को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो । जसमा झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरू बीच वित्तीय साक्षरता सन्देश दिन सफल भयको बैंकले  जनाएको छ । 

Think before you follow, wise money tomorrow भन्ने नाराका साथ सम्पन्न गरिएको विभिन्न कार्यक्रमहरूमा युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना दिइएको बैंकले उल्लेख गरेको छ । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्