sevenstartv.com १८ असार २०८३, बिहिवार

ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु, सहचालक घाइते

१२ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलोमा कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । सहचालक घाइते छन् ।

आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो । ट्रक चालक रौतहटका रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ।

.

यो पनि पढ्नुहोस्