अर्थ मन्त्रालयले बजेट निर्माणमा योजना आयोगको अधिकार कटौती नगरेको मन्त्री पौडेलको दाबी
सिलिङ अनुसार व्यवस्थापन मात्र गर्ने भूमिका मात्र हुने भनाई
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व ९पहिलो संशोधन० विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणी गलत भएको बताएका छन् ।
राष्ट्रिय सभाको सभाको आइतबारको बैठकमा मन्त्री पौडेलले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौती नगरिएको समेत स्पष्ट पारेका हुन् ।
बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गरेपनि सबै मन्त्रालयहरुका आआफ्नै परिभाषित जिम्मेवारी रहेको उनले बताए । उनले बजेटको सिलिङअनुसार कसरी बजेट विनियोजन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले नभई सम्बन्धीत मन्त्रालय आफैंले गृहकार्य गर्ने जिकिर गरेका छन् ।

.gif)