आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको जिकिर
काठमाडौं । प्रतिनिधिसभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक बहुमतले पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै विधेयक पारित भएको हो । विधेयकमाथि सांसदहरुले संशोधन प्रस्ताव राखेका थिए ।
तर दुईवटा बाहेक सबै संशोधनहरु बहुमतले अस्वीकृत भए । अब यस विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ । त्यसअघि सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालय सुपर मिनिस्ट्रीको मानसिकतामा नरहेको बताए ।
उनले आफू मन्त्री रहेसम्म अर्थ मन्त्रालय सुपर मिनिस्ट्री हो भन्ने भ्रममा नरहने स्पष्ट पारे । उनले विधेयकमा योजना आयोग र महालेखा परीक्षकको कार्यालयको भूमिकालाई संकुचन गर्न खोजेको सांसदहरुले लगाएको आरोप अस्वीकार गरेका छन् ।

.gif)