sevenstartv.com ७ पुष २०८२, सोमवार

मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको उपसभामुख रानाको भनाइ

मानवतामा प्रश्न चिन्ह आउने कुराहरु तोड्न जरुरी रहेको तर्क

७ चैत २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । उपसभामुख इन्दिरा रानाले मधेसका महिलाहरुलाई अवसर दिन जरुरी रहेको बताएकी छन् । 

बिहीबार काठमाडौंमा मधेसी आयोगको छैटौँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले मधेसका हरेक महिलालाई अवसरको खाँचो रहेको बताएकी हुन् । उनले जातिय कुराले मधेसमा केही समस्या बढाइरहेको भन्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको उल्लेख गरीन् । 

उनले मधेसमा छिटै विवाह गर्ने परम्परा रहेकाले त्यसलाई तोडेर आफ्नै खुट्टामा उभिनसक्ने भएपछि विवाह गर्नुपर्ने बताएकी छन् । जातिको कुरा गर्नेलाई दण्ड दिनुपर्ने बताइन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्