sevenstartv.com २७ मंसिर २०८२, शनिवार

जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

सुङ्ग्रेपानीबाट मालिका-४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी हो । 

जीपमा चालकसहित ५ जना सवार थिए । घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर बिक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्