sevenstartv.com २२ मंसिर २०८२, सोमवार

१७ बर्षपछि एनसीसीले पायो सभापति, अनेरास्ववियुका विशालले मारे बाजी

६ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल कमर्स क्यामप्सको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियुले जित हात पारेको छ ।अनेरास्वियुका विशाल रोकाहा विजयी भएका हुन् । उनले १०५३ मत ल्याउँदा प्रतिद्वन्द्वी कांग्रेसका रविन वलीले ८६० मत पाए ।

यस्तै सचिव र कोषाध्यक्षमा भने नेविसंघका उम्मेदवार विजयी भए । सचिवमा ज्ञानु दाहाल र कोषाध्यक्षमा सुशील खड्का विजयी भए ।सदस्यहरुमा मौसम आचार्य ९अनेरास्ववियु० दिपक कुमार यादव ९अनेरास्ववियु० कृतिका बडाल ९अनेरास्ववियु० रनवीर मिश्र ९नेविसंघ० रिदम थापा ९अनेरास्ववियु० अनुप कडेल ९अनेरास्ववियु० लुकेश बुढा ९अनेरास्ववियु० रेजिना कडरिया ९अनेरास्ववियु० विजयी भएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्