sevenstartv.com १८ असार २०८३, बिहिवार

२० करोड बढी रुपैयाँसहित दुई जना पक्राउ

५ चैत २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । २० करोड बढी रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो । बरामद रुपैयाँ गन्ने काम भइरहेको छ ।

प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको छ । 
बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्