इराकमा मृत्यु भएकी नेपाली महिलाको शव स्वदेश ल्याउन पहल गर्न माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले रोजगारीका लागि इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउन लागि आवश्यक कानुनी र कूटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद् सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरेका हुन् । दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमिना तामाङको २ चैतमा मृत्यु भएको छ । घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो ।
गैरकानुनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिए पछि हवाई टिकट रद्द गरिएको थियो । अब उनको शव नेपाल पठाउन करिब दुई महिना लाग्ने जनाइएको छ ।

.gif)