लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत हाे : सांसद् ज्वाला
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वालाले लोकसेवामा ६ पटकभन्दा बढी परीक्षा दिन निषेध गर्नेगरी कानूनी व्यवस्था गर्नु गलत भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सांसद् ज्वालाले कुनै पनि नागरिकलाई परीक्षाबाट नै दिन नपाउने गरी सिन्डिकेट गर्नु संविधानको भावना विपरित भएको बताएका हुन् ।
संसदले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानून बनाउन लागेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको छ ।

.gif)