महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्नुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले महिलाहरुलाई आर्थिक सशक्तिकरणको महत्वपूर्ण आधारका रुपमा विकास गर्दै लैजानु आजको आवश्यकता भएको बताएका छन् ।
आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले नेपालको औद्योगिक एवं आर्थिक क्षेत्रको समृद्धिमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलाहरुको भुमिका थप बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले नेपालमा महिला उद्यमशिलताको विकास सकारात्मक रुपमा बढिरहेको र नेपालका महिला उद्यमीहरुले कृषि, पर्यटन, सूचना प्रविधि, हस्तकला लगायत क्षेत्रमा उल्लेखनिय योगदान पुर्याइरहेको बताए ।
साना साना व्यवसायमार्फत भएपनि मुलुकको अर्थतन्त्रमा महिलाहरुको योगदान बढ्दै गइरहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

.gif)