sevenstartv.com ७ पुष २०८२, सोमवार

वैदेशीक रोजगारीमा प्रलोभनमा पारी गैर कानुनी कार्यमा लगाउने क्रम बढ्दै गएको छ : राजदूत धनबहादुर ओली

१ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । थाइल्याण्डका राजदूत धनबहादुर ओलीले पछिल्लो समय नेपाली हरुलाई वैदेशीक रोजगारीमा आर्कषक तलब सुविधा लगाएतका विभिन्न प्रलोभनमा पारी गैर कानुनी कार्यमा लगाउने क्रम बढ्दो रुपमा देखिएको बताएका छन् । उनले एक विज्ञप्ती जारी गर्दे यस्तो बताएका हुन । 

उनले कुनै पनि नेपाली नागरिक उल्लिखित मुलुकमा अलपत्र परेको वा त्यस्तो समुहको बन्धकमा रहेको अवस्थामा भएका निजको उद्दारका लागी पिडितको राहदानी, नागरिकता, भिषा लगायका कागजातको फोटोकपी सहित परिवारजनले आफ्नो वडा कार्यलय मार्फत वा सिधै कन्सुलर सेवा विभाग त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गरि उद्दार कार्यमा सहयोग गरिदिन उनले अनुरोध समेत गरेका छन्।

निवेदन दिदा पीत रहेको स्थान सम्पर्क नंम्बर निजसँग हाल राहदानी भए नभएका,भिषा वैध भए नभएको स्पष्ट खुलाई निवेदन दिनु पर्ने उल्लेख गरिएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्