होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै
काठमाडौं । रङ्गहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो ।आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

.gif)