sevenstartv.com ७ पुष २०८२, सोमवार

होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने

२९ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । आज होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । बुधबार पनि काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिमिटर पानी परेको छ । 

मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो । प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । विगत चार दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली रहेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्