sevenstartv.com ७ पुष २०८२, सोमवार

गुणस्तरीय शिक्षाका लागि थप भुमिका खेल्छुः अध्यक्ष अधिकारी

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  निजी विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय एशोसिएशन, नेपाल (प्याब्सन) को नयाँ कार्यसमिति सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बुधवार काठमाडौंमा भएको १६ औँ राष्ट्रिय महाधिवेशनमा नवनिर्वाचित कार्यसमिति पदाधिकारीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्  । नवनिर्वाचित अध्यक्ष  कृष्ण अधिकारीले आफ्नो कार्यकालमा प्याब्सनमा आवद्ध विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा गर्न थप भुमिका खेल्ने बताउनु भयो ।

उहाँले नेपालका निजी विद्यालयहरुले दिएको गुणस्तरीय शिक्षाका बारेमा विश्वभर चर्चा हुने गरेको भन्दै यसलाई निरन्तरता दिन शिक्षाको विश्वव्यापीकरण गर्ने दाबी गर्नुभयो । हालै सरकारले ल्याएको शिक्षा विधेयक आफ्नो पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । उहाँले कम्पनीअन्तर्गत रहेका निजी विद्यालयहरुलाई कम्पनीमै रहने र पुस्तान्तरण हुने व्यवस्था निरन्तरताका लागि आफूले पहल गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता भनेको शिक्षा विधेयक नै हो ।

शिक्षा विधेयकमा हाम्रो विद्यालयहरु कम्पनीमा रहनु पर्छ । २०५८ सालमा हामी कम्पनीमा आएका हो । यो आजिवन कम्पनीमा रहनु पर्छ भन्ने हाम्रो पहिलो मुद्दा हो । दोस्रो मुद्दा शिक्षा र करिक्युलमका बारेमा छ, गुणस्तरका बारेमा छ । हामी गुणस्तरीय शिक्षा यो देशमा प्रदान गरी रहेका छौँ । र संसारभरी प्राइभेट स्कुलको एजुकेशनले गर्दा नेपालको शिक्षाको नाम संसारमा रहेको छ । यसलाई कन्टिन्युटी दिँदै ग्लोबलाइज गर्दै छौँ ।  तेस्रो मुद्दा भनेको चाहीँ प्याब्सनमा रहेका ५ हजार निजी विद्यालयहरुलाई एउटा असल विद्यालय बनाउने र त्यो भित्र क्वालिटी एजुकेशन दिने र प्याब्सनका विद्यार्थी, प्याब्सनका शिक्षक र अभिभावकहरुलाई एउटा राम्रो परिस्थितिमा लैजाने हाम्रो तेस्रो मुद्दा छ ।

अध्यक्ष अधिकारीले प्याब्सनको सही कामले संस्थाको गरिमा बढेको दाबी गर्नुभयो । प्याब्सनको सहअध्यक्षमा गोपाल आचार्य, वरिष्ठ उपाध्यक्षमा दिपिका रिमाल, उपाध्यक्षहरुमा आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर. बि. कटुवाल, कोषाध्यक्षमा गणेशबाबु पोखरेल, तथा केन्द्रिय सदस्यहरुमा प्रल्हाद खनाल र कर्मवाङ्गेल लामा निर्वाचित हुनुभएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्